२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिदै


78
Shares

बैतडी । बैतडीका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्न थालिएको छ ।

विपदकाे समयमा सहजै हेलिकाेप्टर अवतरण गराउन तथा हेलिकाेप्टबाट उद्धारका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माण कार्य थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । मनसुनको प्रभाव बढ्दै गइरहेकोले बाढी, पहिरो, चट्याङ र अन्य विपदहरु आइपर्दा तत्काल हेलिकाेप्टर अवतरण गर्न सहज होस भन्ने उदेश्यका साथ हेलिप्याड निर्माण गर्न थालिएको उहाँले बताउनुभएकाे छ ।

जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको विपद प्रतिकार्य योजना पारित गर्दै सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने निर्णय भएको उहाँकाे भनाइ छ । यसका साथै विपदका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहहरु तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह समेत गरेको छ ।