
काठमाडौं । टी-२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ ।
अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी-२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अनुसार ट्रफी टुर आजबाट सुरु भएको छ । विश्वकप सुरु हुनुभन्दा एक सय दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्याउने यात्रा सुरु भएको हो । ट्रफी ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ । ट्रफी नेपालको कुन कुन ठाउँमा पुर्याइने भन्ने बारे खुलाइएको छैन ।
ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिने छ । नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी-२० विश्वकपको ट्रफी पुग्न लागेको हो । यस अघि २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्