२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


खप्तडको विकास र प्रचारका लागि नौ बुँदे प्रतिवद्धता


78
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडको विकास तथा प्रचारका लागि नौ बुँदे प्रतिवद्धता जारी गरिएको छ ।

शुक्रबार खप्तड क्षेत्रमा पर्ने झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ डोटीले खप्तड विकास र प्रचारका लागि आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

खप्तडलाई अन्तर्राष्ट्रिय म्याराथन बनाउने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, होमस्टेको व्यवस्था गर्ने र मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने, ध्यान केन्द्रित स्थानीय सामग्रीबाट बनेको गृह बनाउने योजना तयार गरिएको छ ।

यसैगरी बिचपानीसम्म सडक, बाह्य पर्यटकका लागि पैदल ट्रेकिङ, बिचबिचमा बाटोका सही सङ्केत तथा पथप्रदर्शकको व्यवस्था गरिने प्रतिवद्धता जारी गरिएको छ ।

भूस्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवद्र्धनका साथै खप्तडमा आन्तरिक र वाह्य पर्यटकलाई के गर्दा खप्तडमा बढीभन्दा बढी भित्र्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

खप्तड क्षेत्र पर्यटन विकासका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तडको विकासका लागि आगामी आर्थिक वर्षका योजना तथा उद्देश्यका बारेमा जानकारी गराउनुभएका थियो ।