९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


थपिए ९८ जना संक्रमित


117
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ५४ जनाको नमूना परीक्षण गरिएको हो । १ हजार ६१ जनाको पीसीआर र १ हजार ९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा जम्मा ९८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार २७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ६४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।