१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालीसँग विवाह गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्छ : प्रेम सुवाल


1.391k
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली नागरिकसँग विवाह गर्ने विदेशीहरुलाई कृत्रिम नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले नेपालीसँग विवाह गर्ने विदेशी महिला अथवा पुरुषलाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले कृत्रिम नागरिकता लिनको लागि पनि नेपालको संस्कृति बारेमा लिखित परीक्षा उत्तिर्ण हुनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले नेपालको नागरिकता सम्बन्धी समस्या समाधान गर्न खुला सीमालाई बन्द गर्नुपर्ने बताउनुभयो । सांसद सुवालले नेपालको भूराजनीतिक अवस्था अनुसार नेपालीले विदेशीसँग विवाह गर्नु नहुने बताउनुभयो ।

उहाँले संघ र प्रदेश दुवै तहको नागरिकता बनाउनुपर्ने बताउनुभयो । उहाँले महिला र पुरुष बाहेकका लिङ्गको नागरिकता दिनका लागि चिकित्सा विज्ञानले प्रमाणित गर्नुपर्ने बताउनुभयो ।