
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाकी निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले उहाँसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाअध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना उपर विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको हो ।
उनीहरूले पोखरीमा पार्क निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रूपमा भए गरेको कार्यभन्दा बढी भुक्तानी गरेर १० लाख ५५ हजार ९७९ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्