६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सीएसएल नेपाली दर्शकले एक्सन स्पोर्टस् मा हेर्न पाउने


182
Shares

काठमाडौं । चाईनिज सुपर लिग (सीएसएल) आइतबार देखि सुरु हुँदै छ ।

सीएसएल नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् मा हेर्न पाउने भएका छन् ।

नेपाली समय अनुसार आइतबार सवा ४ बजे चाईनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् ।

यस्तै, सोमबार सवा ५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार सवा ४ मा साङ्घाई पोर्टसंग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्ने छ ।

आइतबार देखि पहिलो चरणको १० औ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको जनाएको छ ।