
ओखलढुंगा । ओखलढुंगामै कोरोना संक्रमितको स्वाब परीक्षण गर्ने उदेश्यका साथ खरिद गरिएको पीसीआर मेशिन एक वर्षदेखि अलपत्र परेकाे छ ।
स्थापनाका गर्न खर्चिलो भएको भन्दै जिल्ला अस्पताल रुम्जाटारले पीसीआर मेशिन थन्काएर राखिएको हाे । प्रदेश-१ सरकारले २५ लाख रुपैयाँ पठाएपछि अघिल्लो आर्थिक वर्षमै खरिद गरिएको मेशिन प्रयोगमा ल्याउन नसकिएको जिल्ला अस्पताल ओखलढुंगा रुम्जाटारका सूचना अधिकारी उमा गुरुङले बताउनुभयो ।
पीसीआर मेशिन राख्ने मापदण्ड अनुसारको पूर्वाधार निर्माण गर्न करिब ८० लाख लाग्ने भएपछि खर्च अभावमा मेशिन थन्किएको हो । त्यस्तै पीसीआर मेशिन सञ्चालनका लागि दक्ष जनशक्ति समेत अभाव देखिएको छ । ३ जना माइक्रोबायोलोजी इन एमएससी र अन्य २ गरी ५ जना जनशक्ति आवश्यकता भएपनि अस्पतालमा दरबन्दी नभएपछि मेशिन सञ्चालनमा थप अन्योलता भएको अस्पताल प्रशासनले जनाएको छ ।
साेही जिल्लाका कोरोना संक्रमितको स्वाब परीक्षणका लागि काठमाडौँ, विराटनगर र धुलिखेललगायतका ठाउँमा लगिएकाे छ। जिल्लामै स्थापना गर्ने भनिएको पीसीआर मेशिन सञ्चालनमा नआउँदा यहाँका नागरिक आक्रोशित भएका छन्।
प्रतिक्रिया दिनुहोस्