१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


रक्सीमा ७० प्रतिशत कोरोना शुल्क, दिल्लीको रक्सी पसलमा किन्ने लामो भीड


0
Shares

एजेन्सी, वैशाख २३ । भारतमा रक्सीमा ७० प्रतिशतसम्म कोरोना कर लगाइएको छ । यद्यपि, रक्सी पसलमा किन्ने मानिसको ठूलो भीड लागेको छ  ।

करिब ४० दिनपछि रक्सी पसल खुल्दा किन्नेहरुको भीड लागेको हो । खरिदकर्ताहरुले भौतिक दूरी कायम नगर्दा नयाँदिल्लीका रक्सी पसलमा भीड नियन्त्रण गर्न प्रहरीले लाठी प्रहार नै गर्नुपरेको थियो ।

रक्सी किन्नेहरुको भीड लागेपछि दिल्ली सरकारले मंगलबारदेखि रक्सीको खुद्रा मूल्यमा ७० प्रतिशतसम्म कोरोना शुल्क तिर्नु पर्ने नयाँ नियम लागू गरेको हो । मार्च २५ देखि देशव्यापी लकडाउनमा रहेको भारतमा तेस्रो पटक थपिएको लकडाउन मे १७ सम्म जारी छ ।

लकडाउन गरेपनि भारतमा कोरोना संक्रमितको संख्या निकै बढ्दैछ । मंगलबारसम्म भारतमा ४६ हजार ४ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।