
चितवन, बैशाख २३ । नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको हो ।
चितवनको रत्ननगर वडा नं ५ घर भएका शर्मा भर्याङबाट लडेपछि उपचारका लागि अस्पताल लगिएको थियो । परिवारका सदस्यहरुले चितवन भरतपुरको पुरानो मेडिकल कलेज लगेको सूचना पाएपछि प्रहरीले त्यही नियन्त्रणमा लिएको हो ।
अस्पतालको आकस्मिक कक्षमा उपचाररत शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । चितवन प्रहरीले विप्लव समूहका नेता पक्राउ गरेको पुष्टि गरे पनि नाम भने सार्वजनिक गरेको छैन ।
टिकट काट्दा उनले नाम रमेश रिमाल भनेर नाम टिपाएको चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरूङले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्