
काठमाडौं । वर्षाका कारण दाङको गढवा–राजपुर सडकखण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट भासिएको छ ।
पानी निकास नहुँदा सडक र कल्भर्टमा क्षति पुगेको हो । सडकमा क्षति पुग्दा आवागमन रोकिएको छ ।
स्थानीयले सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन माग गरेका छन् ।
अहिले कालाकाटेदेखि राजपुरको गंगदीसम्मको करिब ४० किलोमिटरमा सडकमा कालोपत्रेको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्