७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


ओखलढुंगामा जनयुद्धका शहिद परिवारलाई निर्वाह भत्ता दिन सुरु


208
Shares

ओखलढुंगा । तत्कालीन नेकपा माओवादी केन्द्रले चलाएको जनयुद्धका कारण शहिद भएका परिवारलाई ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले निर्वाह भत्ता दिन सुरु गरेकाे छ ।

साेही गाउँपालिकाले चालू आर्थिक वर्षबाट भत्ता दिन सुरु गरेकाे हाे। शहिद परिवारलाई मासिक २ हजारका दरले निर्वाह भत्ता दिन सुरु गरिएकाे चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभएकाे छ । अहिलेसम्म गाउँपालिकाले १५ जना शहिद परिवारका लाभग्राहीलाई बैंक खाता मार्फत भत्ता उपलब्ध गराइसकेको उहाँले बताउनुभयाे ।

निर्वाह भत्ता पछिल्ला आर्थिक वर्षमा पनि निरन्तर रुपममा दिने याेजना रहेकाे चिशंखुगढी गाउँपालिकाकाे जनाएकाे छ ।