
एजेन्सी । दक्षिण अफ्रिकाको एउटा बारमा अन्धाधुन्ध गोली प्रहार हुँदा १५ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाको शोवोतेमा रहेको बारमा हतियारधारी समूह प्रवेश गरी अन्धाधुन्ध गोली प्रहार गर्दा अरु दर्जनौं घाइते भएका छन् ।
हतियारधारीहरुले आक्रमणपछि बस चढी फरार भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बन्दुकधारी समूहले राइफल र पेस्तोल प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । यहाँ गोलीकाण्ड भएको केही घटनामा नै दक्षिण अफ्रिकाकै क्वाजुलु नताल शहरमा भएको अर्को गोलीकाण्डमा अरु ४ जना मारिएका छन् ।
उक्त शहरको भीडभाडमाझ हतियारधारी समुहले गोली प्रहार गरेको बुझिएको छ । दक्षिण अफ्रिकामा ग्याङ फाइट र रक्सीका कारण झडप भएर मानिसको ज्यानेजस्ता घटना बारम्बार घट्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्