
हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको लगानीमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ र १२ जोड्ने राप्ति नदीमा निर्माणाधीन पुल तयार भएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडाले २०७६ साल असोज २७ गते राप्ती नदीको पुल निर्माण गर्न काठमाडांैको एलिट कन्स्ट्रक्सन कम्पनिसँग २०७९ असोज २७ गते भित्र सम्पन्न गर्र्न सम्झौता गरेको थियो ।
२१५ मिटर लम्बाई, ११ मिटर चौडाई सहित २६ करोड ४१ लाख ८७ हजार लागतको पुल कम्पनीले ३ महिना अगावै निर्माण सम्पन्न गरेको हो । पुलबाट हाल साना सवारीहरु ओहोर दोहोर गर्न थालेका छन् ।
पुलले हेटौंडा उपमहानगरपालिकाको ११ र १२ नम्बरका वडाहरु जोडेको छ । सिक्रेनी, पदमपोखरी लगायतका जनताले हेटौंडा, चितवन र अन्यत्र जान बैकल्पिक सडकको रुपमा योे पुल प्रयोग गर्न सक्ने छन् ।
भविष्यमा हाल रातोमाटे चेकपोष्टबाट निर्माण हुन् लागेको मयुरधाप औद्योगिक क्षेत्र हुदै चितवन जाने बैकल्पिक पुलको रुपमा प्रयोग गर्न सकिने भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौंडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्