२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सिद्धिचरण नगरपालिकामा जिल्लाकै ठूलो पार्क निर्माण हुँदै


806
Shares

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ वर्णालुमा जिल्लाकै ठूलो पार्क निर्माणको काम सुरु भएको छ ।

रुम्जाटार आउने पर्यटक लक्षित गरेर शहरी विकास तथा भवन कार्यालयले सुविधा सम्पन्न पार्क निर्माणको काम थालेको हो । ५ करोड २२ लाख रुपैयाँ लागतमा पार्क र पार्ककै संरचनाका रूपमा सामुदायीक भवन समेत निर्माण भइरहेको छ ।

२ रोपनी ७ आना क्षेत्रमा फैलिएको पार्कमा प्रतिक्षालय, फूलवारी, बालउद्यान लगायतका संरचना निर्माण गर्ने योजना रहेको कार्यालयका निमित्त प्रमुख अनुज श्रेष्ठले बताउनुभयो ।

पार्कको काम कुँवर डेभ्लपर्स एण्ड विल्डिङ प्रालिले गरिरहेको छ । २०७८ साउनमा ठेक्का लागेको साेही पार्क आगामी २०८० माघ महिनामा सम्पन्न गर्ने तयारी भएकाे छ ।