१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित


91
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बैठक ३ बजे सम्मका लागि स्थगित भएकाे छ ।

आज (साेमबार) ११ बजे बस्ने भनिएको प्रदेश सभा बैठक ३ बजे सम्मका लागि स्थगित भएको हाे । योसँगै लगातार बैठक पाँच पटकसम्म स्थगित भएको छ । असार १ गते प्रदेश सभामा पेश भएको आगामी आर्थिक वर्षको बजेट परिष्कृत नगर्दासम्म त्यसमाथि छलफल हुन नसक्ने अडान सत्ता पक्ष र प्रतिपक्षले राखेपछि निरन्तर प्रदेश सभा बैठक स्थगित भएको हो ।

प्रदेश सभा सदस्य यथास्थितिमा बजेट पारित गर्न नदिने मुडमा छन् भने सरकारले बजेट पारित गर्न दवाव दिइरहेको देखिन्छ । सोमबार बिहान ८ बजे सम्म सहमति गर्ने त्यसपछि ११ बजे संसद् सुरू गर्ने तयारी गरिएको भएपनि सोमबार बिहानसम्म सहमति हुन नसकेपछि बैठक सारिएको हो ।

मन्त्री र सांसदबीच सहमति नभएपछि आ–आफ्नो संसदीय दलबाट यसको निकास दिने भन्दै बैठक ३ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिनुभयो ।