१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युवा संघले घेर्‍यो यातायात कार्यालय


3.51k
Shares

काठमाडौं । नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ ।

संघले सोमबार यातायात कार्यालयले सवारी चालक अनुमतिपत्र वितरणमा अनियमितता, ढिलासुस्ती र लापरबाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो ।

अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोलेपनि पूर्ण रुपमा चल्ने नबनाउँदा सेवाग्राही विचौलियाकोमा पुग्नु परेको युवा संघको आरोप छ ।

घेराउ कार्यक्रममा युवा संघका अध्यक्ष किरण पौडेलले यातायात कार्यालयमा भएका सबै सेटिङ र विचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताउनुभयो ।

युवा संघले यातायात कार्यलयमा देखिएको विकृति तत्काल अन्त्य नगरे कडा आन्दोलनको चेतावनी पनि दिएको छ ।