२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षीद्वारा बहिस्कार, छैटौंपटक स्थगित


39
Shares

कैलाली । प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित भएपछि सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक फेरि स्थगित भएको छ ।

पाँचौंपटक लगातार स्थगित भएको बैठक सोमबार दिउँसो तीन बजेका लागि बोलाइएको थियो ।

तर, नेकपा (एमाले), जनता समाजवादी पार्टी, र राष्ट्रिय जनता पार्टीले बहिस्कार गरेपछि बैठक फेरि बस्न नसकेको हो । बैठकमा सत्ता पक्षका सांसदको उपस्थिति पनि ज्यादै न्यून थियो ।

प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुनबहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि अझैसम्म छलफल सुरु हुन सकेको छैन ।

सत्तापक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट परिष्कृत नहुँदासम्म पारित गर्न नसकिने बताउँदै आएका थिए । तर, सरकारले बजेट पारित गर्न दवाव दिइरहेको छ ।