१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


पाँच महिना वुहानमा खुल्यो विद्यालय, विद्यार्थी खुशी


0
Shares

एजेन्सी, बैशाख २४ । कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा बुधबारदेखि विद्यालयहरु सञ्चालनमा आएका छन् ।

महामारी नियन्त्रणमा आएपछि जनजीवन सामान्य बन्दै गएपछि वुहानमा विद्यालयहरु खुलाइएको हो । गत डिसेम्बरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जनवरीदेखि स्कूलहरु बन्द गराइएका थिए ।

झण्डै पाँच महिनापछि वुहानका बालबालिका विद्यालय जान पाएका हुन् । पाँच महिनापछि विद्यालय जान पाउँदा विद्यार्थी निकै खुशी देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कूल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । वुहानका १२१ विद्यालय खुलेका हुन् ।

कक्षा कोठामा ३० जनाभन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गरी डेस्कको व्यवस्था गरिएको जनाइएको छ ।