
ओखलढुंगा । ओखलढुंगाका ग्रामीण भेगमा सडक विस्तार भएसँगै सार्वजनिक महत्वका प्राचीन पाटीपौवाहरू प्रयोगविहीन बन्दै गएका छन् ।
पैदल मार्गलाई लक्षित गरेर बनाइएका पाटीपौवाहररू दुर्गम क्षेत्रमा सडक विस्तार भएपछि प्रयोगविहीन बनेका हुन् । ओखलढुंगामा पञ्चायतकालीन समयमा निर्माण गरिएका २ दर्जन भन्दा बढी प्राचीन पार्टी पौवाहररू रहेपनि पछिल्ला समयमा प्रयोगमा आएका छैनन् ।
सडकले बनाएको सहजताका कारण ग्रामीण भेगका स्थानीय बासीन्दा लक्षित स्थानसम्म पुग्ने हुँदा पाटीपौवामा बास बस्ने प्रचलन हराउँदै गएको हो । खाना खान र बास बस्न सकिने गरेर बनाइएका प्रचीन पाटी पौवाहरू प्रयोगविहीन बन्दै गएपछि मर्मत सम्भारको अभावमा जीर्ण समेत बनेका छन् ।
गाउँगाउँमा खुलेका होटलहरूमा सजिलै बास बस्न सकिने हुँदा पाटीपौवाको महत्व घट्दै गएको बुढापाकाहरूले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्