
सिन्धुली । सिन्धुलीको सिन्धुलीमाडीबाट तीनपाटन गाउँपालिकासम्मको ग्रामिण सडक ग्राभेल नहुँदा यातायात सञ्चालनमा कठिनाई भएको छ ।
वर्षायाममा हिलाम्मे सडकमा सार्वजनिक यातायातका साधनहरु संचालन गर्न कठिनाई हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गरी सिन्धुलीमाडी तीनपाटनको आवागमन गर्न बाध्य भएका छन् । वर्षायामका कतिपय दिनमा भने सोही ग्रामिण सडक हिलाम्मे हुँदा एम्बुलेन्स लगाएतका अत्यावसीय साधनहरुको समेत आवागमन बन्द हुने गरेको छ ।
सोही ससडक निर्माणकालागि टेण्डर प्रक्रियाबाट काम सुरु गरिएतापनि लामो समयसम्म निर्माणको कार्य तीब्र गतिमा संचालन हुन नसक्दा स्थानीयले सधै सास्ती व्यहोर्नु परिरहेको छ । सिन्धुली जिल्लास्थित डिभिजन वन कार्यालय र डिभिजन सडक कार्यालयकाबीच तालमेल र समन्वय नहुँदा सिन्धुलीमाडी–तीनपाटन सडक निर्माणकोे कामले गतिलिन नसक्दा विकास निर्माणको काम प्रभावित त भएकै छ । तर अझ वर्षायाममा स्थानीयले जोखिम र कष्टपूर्ण यात्रा गर्नु परिरहेको छ ।
अझ केही दिन यताको लगातारको वर्षाले बाढी पहिरो जाँदा सदरमुकामदेखि बेल्घारी–चकमके–बाहुनतिल्पुङ् सडक, ग्रामिण सडक भत्किंएर यातायातका साधनहरू समेत संचालन गर्न समेत कठिनाई भएको छ ।
प्रतिक्रिया दिनुहोस्