१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मूल्यवृद्धि घटाउन जनमोर्चा सांसदको ध्यानाकर्षण


0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगीका कारण जनता आक्रान्त भएको बताउनुभयो ।

उहाँले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण जनताको जीवनयापनमा समेत असर पर्न थालेकाले मूल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद विश्वकर्माले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरू मन्द गतिमा भएको उल्लेख गर्नुभयो ।

उहाँले ठेकेदारहरूको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरू रोकिएको भन्दै उनीहरूलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद विश्वकर्माले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताउनुभयो । उहाँले आयातलाई कम गर्दै लानुपर्ने बताउनुभयो ।