
तेह्रथुम । पूर्वी नेपालमा आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बु जातीहरुको आफ्नै लिम्बु भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा रहेकाे छ ।
आफूलाई प्रकृति पुजको रुपमा मान्ने यी जातीहरु पूर्वी नेपाल तथा सिक्किम, पश्चिम बङ्गाल, कालिम्पोङ देखि भुटानसम्म लिम्बूहरूको थात्थलो हो । पछिल्लो समयमा यी जातीहरुको भाषा, लिपी, संस्कार, संस्कति तथा ऐतिहासिकता संरक्षणमा युवा पुस्ताले चासो नदिँदा धरापमा पर्दै गएको छ ।
लिम्बु जातीमा पनि समुदाय अनुसार आ–आफ्नै माङगेना यक (गढी) हरु रहेका छन । पछिल्लो समय यी जातीहरुको यक (गढ) प्रति चासो हराई रहेको बेला सिक्कीमबाट सनारुङ सेवा चुम्भो लिम्बुहरुको विभिन्न गढीहरमा ऐतिहासिकता खोजीमा जुटेको छ ।
सिक्किमको मुलुके भन्ने ठाउँबाट सुरु गरेको माङगेना यात्रा पूर्वको तेह्रथुम, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा रहेको विभिन्न गढीहरुको अध्यायन अवलोकन गरी सकेको छ । अध्यायन अवलोकन प्रश्चात माङहिम निमार्ण गर्ने चुम्भो सिक्किमका अध्यक्ष देवेन्द्र सुब्बाले बताउनुभयो ।
१५ जनाको टोली रहेको माङगेना यात्रामा विभिन्न गढीहरुको अवलोकनसँगै गढीहरुको विषयमा अग्रज लिम्बुहरुसँग गढीको अध्ययन गरेका छन । युवापुस्ताहरुले थात्थलो र (यक) गढीहरुको बारे चासो हराउँदै गएकोले संरक्षण गर्न आवश्यक रहेको ताक्लुङ गढी संरक्षण तथा अध्यक्ष टेकराज तिगेलाको भनाइ छ ।
माङगेना (यक) गढी शिर उठाउने स्थानको रुपमा गढीलाई लिम्बु समुदायले लिँदै आएका छन् । लिम्बुहरुले विवाहको लगनमा अनिवार्य गढीको सम्बोधन गर्ने गरेका छन् । सिक्किमका लिम्बुहरुले सुरु गरेको माङगेना यात्राले नेपालमा हुने लिम्बुहरुले आफ्नो गढ संरक्षण गर्न सन्देश दिएको चाङसिङ यक संरक्षण समितिका अध्यक्ष दिल पाक्साँवाले बताउनुभयो ।
नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ लगायत उत्तरमा तिब्बत र दक्षिणमा भारतका साथै विश्वको विभिन्न मुलुकहरुमा बसोबास गर्दै आएका छन् । पछिल्लो समय युवाहरु आफ्नो भाषा,लिपी र संस्कार संस्कृती संरक्षण प्रति उदासिन्ता हुनुले लिम्बु समुदायको मौलिकता गुमी रहेको छ । अबको पुस्ताले लिम्बु समुदायको मौलिक संस्कार, संस्कृति र भाष लिपी संरक्षणमा चासो दिन आवश्यक रहेकाे देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्