
काठमाडौं । श्रीलंका सरकारले संकटकाल घोषणा गरेको छ ।
राजनीतिक अस्थिरताकाबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकाल घोषणा गर्नुभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले जानकारी दिएको बीबीसीले जनाएको छ । प्रवक्ताका अनुसार देशको पश्चिमी प्रान्तमा कर्फ्यू लगाइएको छ ।श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुशीयाली मनाइरहेका छन् ।
सडक प्रदर्शनकारीले भरिएपछि उनीहरूलाई हटाउन प्रहरीले अश्रुग्याँससमेत प्रहार गरेको छ । श्रीलंकामा संकटकाल घोषणाले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबै भन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ । यसले गर्दा देशभरी खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।
विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चार माध्यमहरूले जनाएको भएपनि सरकारले नै देश टाट पल्टेको घोषणा गत अप्रिल महिनामा पनि गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्