१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आइएमई पेबाट हवाई टिकट काटेका सन्देश र रामपुकारलाई सुनको सीक्का


247
Shares

काठमाडौं । आइएमई पेको ‘हवाई टिकट काटौं, सुन चाँदी जितौं’ योजना अन्तर्गत सुनको सीक्का सन्देश श्रेष्ठ र रामपुकार महतोले जितेका छन् ।

बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौं र जनकपुरबाट काठमाडौंको हवाई टिकट काटेका उनीहरू लक्की ड्रमार्फत विजेता भएका हुन् ।

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरूमध्ये चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणाअन्तर्गत घोषणा भइसकेको छ ।

जेठ १ बाट सुरु भएको योजनामा आइएमई पे मोबाईल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काट्ने यात्रु सहभागी भएका थिए ।