
काठमाडौं । सर्वोच्च अदालतले झण्डै ३ वर्षदेखि रोकिएको वरिष्ठ अधिवक्ताको उपाधि दिने भएको छ ।
सर्वोच्चमा बुधबार बसेको पूर्ण बैठकले २०४३ देखि २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स लिएका १ सय ३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सम्बन्धि मापदण्ड २०७६ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने ऐनमा ५ वर्षसम्म निरन्तर वकालत गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्