१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वर्तमान सरकारको तत्काल बहिर्गमन आवश्यक : सांसद श्रेष्ठ


39
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले वर्तमान सरकारको तत्काल बहिर्गमन आवश्यक रहेको बताउनुभएको छ ।

सांसद श्रेष्ठले वर्तमान गठबन्धन सरकार जति धेरै बस्यो त्यति धेरै समस्या जनताले भोग्नुपर्ने जिकिर गर्नुभयो ।

सांसद श्रेष्ठले मुलुकको आर्थिक परिसूचहरूले नै वर्तमान गठबन्धन सरकार कुन बाटोमा हिँडेको भन्ने थाहा पाउन सकिने बताउनुभयो ।

उहाँले पछिल्लो एक वर्षमा अर्थतन्त्र, व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति र मूल्यवृद्धि जस्ता सूचक नकारात्मक रहेको भन्दै यही गतिमा मुलुक अगाडि बढे असफल राष्ट्र बन्नसक्ने बताउनुभयो ।

सांसद श्रेष्ठले सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको संवैधानिक परिषद् विधेयक सिद्ध गर्नको लागि राष्ट्रिय सभामा पेश गर्न लागेको आरोप लगाउनुभयो ।

उहाँले सरकार गठन भएको एक वर्षसम्म पनि प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पती सार्वजनिक नहुनु उचित नभएको बताउनु भयो ।