
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छलफल गर्नुभएको छ ।
अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री देउवालाई भेटेर गभर्नर अधिकारीले आसन्न मौद्रिक नीतिको विषयमा ब्रिफिङ गर्नुभएको हो ।
ब्रिफिङमा प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको नीति ल्याउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको ब्रिफिङमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उद्योग वाणिज्य तथा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडू र अर्थसचिव मधु मरासिनी सहभागी हुनुहुन्थ्यो ।
भेटमा गभर्नर अधिकारीले आउँदो साता मौद्रिक नीति ल्याउने बताउनुभएको भेटमा सहभगी नेताहरुले बताएका छन् । अहिलेको अवस्था सुधार गर्ने खालको नीति हुनुपर्छ भनेर प्रधानमन्त्री देउवाले अधिकारीलाई निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्