१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओखलढुंगा पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा


78
Shares

ओखलढुंगा । जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ ।

जिल्लाका ८ वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई पनि घोषणा गरिएको हो ।जिल्लाका कुल १ हजार ५ सय २१ जना बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको हो ।

ओखलढुंगा जिल्ला २०७३ सालमै पूर्ण खोप जिल्ला घोषणा भएको थियो । त्यसयता हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा हुँदै आएको छ । यस वर्षको घोषणा कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

पूर्णखोप अभियानमा योगदान पु¥याउने स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सम्मान गरिएको छ ।