१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


अमेरिकामा फैलियो मंकीपक्स, ४३ राज्यका १ हजार बढि संक्रमित


377
Shares

एजेन्सी । अमेरिकामा पछिल्लो समय मंकिपक्स संक्रमितको संख्या बढ्न थालेको छ ।

अमेरिकाको ४३ राज्यका १ हजारभन्दा बढीमा मंकीपक्स संक्रमण पुष्टि भएको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १ सय ६१ जनामा मंकीपक्सबाट संक्रमित भएको पुष्टि भएको छ ।

त्यसैगरी न्युयोर्कमा १ सय ५९ र इलिनोइमा १ सय ५२ जनामा उक्त रोगको संक्रमण देखिएको सीडीसीले उल्लेख गरेको छ ।

बिफर र मंकीपक्स रोकथामका लागि अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोपको एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा लगाइएको छ ।

विशेषज्ञहरूका अनुसार संक्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मंकीपक्सको खोपको अभाव देखिएको छ ।