१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


बाइडेनलाई यौन दुर्व्यवहारको अभियोग लगाउने महिलाले भनिन्, बाइडेनले चुनावी मैदान छाडुन्


0
Shares

एजेन्सी, बैशाख २६ । अमेरिकामा डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेनलाई चुनावी मैदान छाड्न उनीमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले माग गरेकी छिन् ।

२७ वर्षअघि बाइडेनले आफूमाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाएकी तारा रिड नामक महिलाले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावी होड छोड्न सुझाव दिएकी छन् ।

आउँदो चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिष्पर्धा गर्दैरहेका बाइडेनले ती महिलाले लगाएको आरोप अस्वीकार गरेपनि उनले एक अन्तर्वार्तामा भनिन्, ‘कृपया अगाडि आउनुस् र जिम्मेवारी वहन गर्नुस् । यस्तो चरित्रले तपाईं अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्न मिल्दैन ।’

बाइडेनले आफूलाई अभद्र भाषा प्रयोग गरेको अभियोग उनले लगाएकी छिन् । अन्तर्वार्तामा ताराले चुनावी होडबाट बाहिरिउन् भन्ने चाहना रहे पनि बाइडेनले चुनावी प्रतिष्पर्धा नछोड्ने पनि बताइन् ।

फक्स तथा एनबिसीकी पूर्व प्रस्तोता मेगन केलीलाई दिएको अन्तर्वार्तामा उनले आफू डिटेक्टर टेस्ट गर्न तयार रहेको तर त्यसका लागि बाइडेनले पनि सो टेस्ट गर्नु पर्ने बताएकी छिन् ।

अन्तर्वार्ता बाहिरिएपछि बाइडेनको चुनावी अभियानका सञ्चार निर्देशक केटी बेडिंगफिल्डले ताराको भनाई नै परस्पर विरोधी र विसंगत रहेको बताएकी छन् ।