
काठमाडौं । नेपाली फिल्म ‘सम्झना बिसर्ना’ देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।
फिल्म शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । चलचित्रमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको मुख्य भूमिका छ ।
निमेश प्रधानको निर्देशन गरेको चलचित्रमा आकाश र पूजासँगै छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर रानालगायतका कलाकारको अभिनय छ । फिल्मको कथा तथा पटकथा निर्देशक प्रधानले नै तयार पारेका हुन् ।
दार्जिलिङ, सिक्किम र नेपालको जीवनको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा अदुत्य प्रधान र रेबेका प्रधानको लगानी छ ।
शनिबार दर्शकसँग फिल्म हेरेपछि नायक श्रेष्ठले फिल्म समग्रमा राम्रो भएको प्रतिक्रिया दर्शकबाट आएको बताए । उनले हलहरूमा आएर दर्शकसँगै बसेर फिल्म हेर्दा धेरै खुशी लागेको बताए ।
त्यस्तै नायिका शर्माले फिल्म राम्रो भएको प्रतिक्रिया दर्शकबाट पाइरहेको बताइन् । आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ ।
शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापाले सम्पादन गरेका हुन् । आकाश–पूजाको जोडीको बारेमा सोध्दा दुवै फिल्म राम्रो भएको भन्दै कुरा टारे ।
प्रतिक्रिया दिनुहोस्