१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु


0
Shares

एजेन्सी, बैशाख २६ । भारतको महाराष्ट्रको औरंगाबादमा मालबाहक रेलले किच्दा १६ जना मजदुरको मृत्यु भएको छ । गम्भीर पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ ।

रेलको पटरी नजिकै सुतिरहेका उनीहरुलाई रेलले किचेको अनुमान गरिएको छ । यो दुर्घटना शुक्रबार बिहान सवा पाँच बजेतिर भएको बिबिसी हिन्दीले जनाएको छ ।

सबै मजदुर औरंगाबादको एक स्टील फ्याक्ट्रीमा काम गर्थे । उनीहरु भुसावलतर्फ गइरहेका थिए र ट्रेनको प्रतिक्षा गरिरहेका थिए । दुर्घटना औरगंबादका कर्माड स्टेशन नजिकै भएको हो ।

दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।