१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


अष्ट्रेलियाली प्रधानमन्त्रीले ल्याए प्रतिबन्ध खुकुलो बनाउन तीन चरणको योजना


0
Shares

एजेन्सी, बैशाख २६ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको प्रतिबन्ध खुकुलो बनाउन तीन चरणको योजना ल्याएका छन् ।

यो हप्तादेखि लकडाउन खुकुलो बनाउँदै लैजाने जानकारी दिँदै प्रधानमन्त्री मोरिसनले पहिलो चरण शुक्रबारबाटै थालनी भएको जनाएका छन् ।

उनका अनुसार घरमा पाँच जना अतिथि आउन सक्ने र घरबाहिर १० जना एकसाथ जम्मा हुन पाइने छ । रेस्टुरेन्ट, क्याफे र किराना पसलमाथि थप राहत दिइएको छ । कर्मचारीहरुलाई मिलेसम्म घरबाटै काम गर्न भनिएको छ ।

कक्षा कोठा र खेल मैदान खोल्न पाइने छ भने स्थानीय भ्रमण यथावत राखिएको छ ।

दोस्रो चरणको योजनामा एकैसाथ २० जना जम्मा हुन पाउने छन् भने सिनेमा, जिम ब्युटी पार्लर सैलुन र सामुदायिक खेलकुदका लागि छूट दिइनेछ । तेस्रो चरणमा भने एकैसाथ सय जनासम्म जम्मा हुन पाउनेछन् र यी निर्णय चरणबद्ध रुपमा लागु गरिने छ ।

प्रत्येक राज्य र क्षेत्रले अवस्थालाई हेरेर लकडाउनलाई खुकुलो बनाउ सक्ने अधिकार पनि दिइएको छ । क्वीन्सल्याण्ड र उत्तरी क्षेत्रले भने केही प्रतिबन्ध हटाइसकेका छन् ।