७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नामिबियाद्वारा नेपालसामू २ सय रनको लक्ष्य


182
Shares

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–टुको त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियाले नेपाललाई जितका लागि २०० रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको एयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनायो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २र२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यहि सिरिजअन्तर्गतको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।