१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दिउँसाे र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना


5.447k
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

आज (आइतबार) बिहान प्रदेश-१ लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । बाँकी भू-भागमा भने आंशिक बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । साथै बाँकी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, पहाडी भू-भाग र बाँकी प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।