१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुंगामा यौनजन्य हिंसाबाट बच्न २८० किशोरीलाई तालिम


247
Shares

ओखलढुंगा । बलात्कार तथा यौनजन्य हिंसा बढ्न थालेपछि त्यसबाट जोगिने उपाय सिकाउन ओखलढुंगाका किशोरीहरूलाई तालिम दिइएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत २ सय ८० जना किशोरीहरूलाई राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमबाट आत्मरक्षासम्बन्धी तालिम दिइएको हो । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा जिल्लाका सबै स्थानीय तहबाट किशोरीहरूलाई सहभागी गराएर ३ दिने आत्मरक्षासम्बन्धी लालिम दिइएको हाे ।

तालिममा किशोरीहरूलाई आत्मरक्षासम्बन्धी कराँते, तेक्वान्दोलगायत मनोविज्ञान र विभिन्न खेलकुदकाे विषयमा सिकाइएको जिल्ला खेलकुद विकास समितिकाे कार्यालयका प्रमुख बालकुमार खनालले जानकारी दिनुभयो ।

तालिममा नेपाल केआइएफ कुरोदय संघ र नेपाल मार्सल सेल्फ डिफेन्स संघले आत्मरक्षासम्बन्धी र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का विज्ञहरूले मनोविज्ञान सम्बन्धी प्रशिक्षण दिएका थिए ।