
काठमाडौं । भारत भ्रमणमा रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ ।
गत शुक्रबार नयाँ दिल्ली पुगेलगत्तै त्यहाँका सत्ता तथा विपक्षी दलका नेताहरुसंग भेटवार्ता गरिरहनुभएका दाहालले आइतबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग भेट वार्ता गर्नुभएको छ ।
नयाँ दिल्लीस्थित पार्टीको केन्द्रीय कार्यालयमा भेटवार्ता भएको हो । भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको हो ।
भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित हुनुहुन्थ्यो । अध्यक्ष दाहालले हिजो भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्नुभएको थियो ।
दाहालले आजै अपरान्ह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि भेट वार्ता गर्दै हुनुहुन्छ । मोदीसंगको भेटवार्तापछि दाहाल आजै स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्