
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणमा फलदायी र उपलब्धीमुलक कुराकानी भएको बताउनुभएको छ ।
आइतबार भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँगको भेटपछि अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले भाजपा अध्यक्ष नड्डासँगको भेटमा भाजपाले गरिरहेको कार्यालय व्यवस्थापनको बारेमा कुराकानी गरेको बताउनुभयो ।
अध्यक्ष दाहालले कार्यालय व्यवस्थापनको बारेमा बुझ्दा आफू उत्साहीत भएको पनि बताउनुभयो । उहाँले दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउनको लागि सम्बन्धलाई बिस्तार गर्ने कुरामा सहमति भएको बताउनुभयो ।
अध्यक्ष दाहालले भाजपा र नेकपा माओवादीले दुई देश र पार्टी बीचको सम्बन्ध बिस्तारका लागि मिलेर नेपाल र भारतमा संयुक्त रुपमा कार्यक्रम गर्ने समझदारी भएको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिएपनि अहिलेसम्म समय र कार्यसूची निश्चित भइसकेको छैन । अध्यक्ष दाहाल तीन दिने भारत भ्रमण सकेर आइतबार नै नेपाल फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्