९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


१३५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


1.534k
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय ३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ४१ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ४ सय ७३ जनाको पीसीआर र १ हजार ५ सय ६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ४ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।