१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा युवती बलात्कारको आरोपमा दुई जना पक्राउ


806
Shares

बैतडी । युवती बलात्कारको आरोपमा बैतडीमा दुई पुरुष जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–४ का ५१ वर्षीय गोपी चुनारा र ३२ वर्षीय ललित चुनारा रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो ।

उनीहरुमाथि २० वर्षीया एक युवतीलाई जवरजस्तीकरणी गरेको आरोप लागेको छ । सुस्तमनस्ती युवतीलाई गत असार २७ गते दिउँसो घरमै गएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

युवतीका घरपरिवारले बलात्कार भएको भनेर जाहिरी दिएपछि उनीहरूलाई पक्राउ गरि अनुसान्धान थालीएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।