१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


३१ जनामा हैजा पुष्टि


468
Shares

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएका छन् ।

आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो । संक्रमित मध्ये तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन् ।

त्यस्तै, १५ देखि २४ वर्षसम्मका ९ जनामा हैजा देखिएको छ । यसैगरी २५ देखि ४४ वर्षसम्मका ७ जना, ४५ देखि ६४ वर्षसम्मका ७ जना र ६५ वर्षभन्दा माथिका एक ज्येष्ठ नागरिकमा पनि हैजा देखिएको छ ।

हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेको छन् । पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि बिरामीको संख्या बढ्दै गएको छ ।