
बैतडी । बाजुरा लगायत सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज (सोमबार) बिहान ४ बजेर ३१ मिनेटको समयमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बाजुराको जिउलेक मड्डु रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो ।
भूकम्पको क्षतिकाे विषयमा भने कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत असार २६, जेठ २४, वैशाख २८ र वैशाख ६ गते पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस्