१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अमेरिकाको एक मलमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु, ३ घाइते


572
Shares

काठमाडौं । अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा अन्धाधुन्ध गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ ।

साेही घटनामा ३ जना घाइते भएका हुन् । ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले गोली प्रहार गर्ने ब्यक्ति प्रहरी कारबाहीमा मारिएको जानकारी दिएका छन् । यो आक्रमण अमेरिकामा बन्दुक हिंसाको लहरमा सबै भन्दा पछिल्लो घटना हो।

जहाँ बन्दुक आक्रमणमा प्रत्येक वर्ष ४० हजार जनाको मृत्यु हुने गरेको छ । गत जुलाई ४ मा शिकागोस्थित एउटा परेडमा अन्धाधुन्द गोली प्रहार हुँदा ७ जनाको मृत्यु हुनुका साथै कम्तिमा ३ दर्जन घाइते भएका थिए । इण्डियनाको आक्रमणका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको एउटा समितिले हतियारमाथि प्रतिबन्ध लगाउने विधेयकमा २० वर्षमा पहिलो पटक यसै साता मतदान गर्ने तयारी गरेको छ ।