
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आर्थिक पाटोमा लगाउँदै आएको आंशिक प्रतिबन्धबाट नेपाल क्रिकेट संघ मुक्त भएको बताउनुभएकाे छ ।
उहाँले न्यूज एजेन्सीसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । अब क्यानलाई निर्वाध रूपमा आफ्ना कार्यक्रम अगाडि बढाउने बाटो खुलेको बताउनुभएकाे हाे । यसअघि क्यानलाई सरकारको हस्तक्षेप र क्यानभित्र भएको अनियमितताका कारण आईसीसीले २०१४ मा निलम्बन गरेको उहाँकाे भनाइ छ । तर प्रतियोगिता खेल्नका लागि भने खेलाडीलाई आईसीसीले बाटो खुलाएको उहाँले बताउनुभयाे ।
यद्यपी क्यानको आर्थिक पाटोमा भने आंशिक प्रतिबन्ध कायम नै राखेको थियो । तर पछिल्लो जुन महिनामा आईसीसीले नेपालको क्यानलाई आर्थिक आंशिक प्रतिबन्ध फुकुवा गरेसँगै गुरू योजनाको रूपमा रहेको नेपाल टि-२० लिग हुने पक्का भएको छ ।
साधारण सभाबाट पारित भइसकेको नेपाल टि-२० लिग एकमात्र लिग भएको घोषणा गर्दै क्यानले केही संस्करण सम्पन्न भइसकेका फ्रेन्चाईज लिगलाई भने अंकुस लगाएको छ र क्षेत्रीय स्तरका प्रतियोगिता गर्न फ्रेन्चाईज लिग आयोजकलाई बाटो देखाएको छ ।
यस्तो कदमले फ्रेन्चाइज लिग आयोजक क्यानसँग रुष्ट भएकाे छ । फ्रेन्चाईज लिगको आयोजक अदालतसम्म पुगेको छ । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाल टि–२० लिग आयोजनाका हिसाबले क्यान, खेलाडीदेखि सबै पक्ष नेपालको हितमा भएको बताउनुभयो ।
नेपाली क्रिकेट विकास र खेलाडीको हितमा भएको भन्दै चन्दले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता स्वच्छ भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्