
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका हाक्तिखर्कका किसानले माछा पालनबाट राम्रो आम्दानी लिन थालेका छन् ।
साेही गाउँपालिकाको माक्लुङ्ग गाउँका स्थानीय सामुहिक माछापालनमा लागेका हुन् । यहाँका हरेक जसो परिवारले बारिमा पोखरी बनाएर ग्रासकार्प र कमनकार्प जातका माछा पालेका छन् ।
माक्लुङ्गमा वार्षिक ३० क्विन्टल माछा उत्पादन हुने गरेको स्थानीय बताउँछन् । माछा पालनमा स्थानीयको लगाव देखेर छथरजोरपाटी गाउँपालिकाले नयाँ पोखरी निर्माण र माछाका भूरा खरिदका लागि किसानलाई अनुदान दिन थालेको छ ।
बजारको खासै समस्या नभएको र पहाडी क्षेत्रमा समेत माछा पालन गरी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समेत देखाउन खोजेको किसानको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्