१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अध्यक्ष अस्पताल भर्ना, एन्फा कार्यसमिति बैठक स्थगित


195
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ बिरामी भएपछि एन्फा कार्यसमिति बैठक स्थागित भएको छ ।

एन्फा कार्यसमितिको दोस्रो बैठक सोमबारका लागि बोलाइएको थियो । अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा कार्यसमिति बैठक स्थगित भएको छ ।

अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिनुभयो । अध्यक्षमा निर्वाचित भएलगत्तै भएको पहिलो बैठकका निर्णयबाटै अध्यक्ष नेम्वाङको आलोचना भएको थियो ।

निर्वाचनमा ‘सुशासन’को मुख्य एजेन्डा बनाएका नेम्वाङको पहिलो बैठक नै सुशासनविपरीत भएको भन्दै आलोचना भएको थियो ।

एन्फा विधानअनुसार कार्यसमित बैठकको सात दिनअघि बैठकका कार्यसूचीबारे पदाधिकारीलाई लिखित रूपमा जानकारी गराउनुपर्छ ।

तर, नेम्वाङले पद तथा गोपनीयताको सपथ खान एन्फा पुगेका निर्वाचित सदस्यलाई बैठकमा राखेर तीन महत्वपूर्ण नियुक्तीसहित महत्वपूर्ण निर्णयहरू गराएका थिए ।