६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सर्लाहीका अधिकांश विद्यार्थीले अझै पाठ्यपुस्तक पाएनन्


104
Shares

सर्लाही । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना भइसक्दा पनि सर्लाहीका अधिकांश विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

यस वर्ष जनक शिक्षा सामग्रीले बेलैमा पर्याप्त पाठ्यपुस्तक छाप्न नसक्दा सर्लाहीसहित देशैभर पाठ्यपुस्तकको अभाव भएको हो ।

त्रैमासिक परीक्षा सञ्चालन भइहेपनि अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुगेको छैन ।

विद्यार्थीहरु पाठ्यपुस्तक बिनै अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका छन् । कतिपय सामुदायिक विद्यालयले निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीलाई पढाइ रहेका छन् ।

त्यस्तै, निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक विद्यालयसम्म आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष पूर्ण बम्जनले जानकारी दिनुभयो ।

अझै पनि करिब ३० प्रतिशत विद्यार्थीले किताब पाउन नसकेको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जनाएको छ ।