७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


आगामी निर्वाचनमा गठबन्धन गरेर जाने कांग्रेसको निर्णय


858
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनका दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले संवादमार्फत गठबन्धन गर्नेबारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसो भन्दै गर्दा कांग्रेसले गठबन्धनको नेतृत्व गरेको स्मरण पनि गराएको छ । उसले स्थानीय निर्वाचनमा आएको परिणामप्रति सन्तुष्टी व्यक्त गरेको छ ।