
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सुधारको मागसहित आमरण अनसनमा उत्रिएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहररुले अनसन तोडेका छन् ।
सोमबार त्रिविका प्रा.डा.धर्मकान्त बास्कोटाले नेकपा (एस) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तलाई जुस खुवाएर अनसन तोडिएको हो ।
संगठन र त्रिवि वार्ता समितिबीच ११ बुँदे सहमतिसँगै अनसन तोडेका हुन् ।
गत २८ असारदेखि त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यालय अगाडि विभिन्न माग राखेर आमरण अनसन सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्